१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा कांग्रेसले पूर्ण सहयोग गर्नुपर्छ : प्रदीप पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२५:oo

कांग्रेसका सांसद प्रदीप पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्ने बताएका छन्। 

बुधबार बिहान सोही प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रक्राउ परेलगत्तै सामाजिक सञ्जालमार्फत सांसद पौडेलले यस्तो बताएका हुन्। उनले छानबिन प्रकरणमा कोही कसैले वा कहीँ कतैबाट प्रभावित गर्ने काम हुन नहुने बताएका छन्। 

उनले लेखेका छन्, ‘प्रकरणमा संलग्न जो-कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस्। को कुन पार्टीमा छ, कोसँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन होस्। अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानुनी कठघरामा ल्याइयोस्। अनुसन्धान प्रकियामा निष्पक्ष भएर दृढता पूर्वक सरकार अगाडि बढोस्।’