मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० बैशाख २६ मंगलबार २१:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दमक झडप अपडेट : १० प्रहरी र १२ आन्दोलनकारी घाइते, दुईको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
२०८० बैशाख २६ मंगलबार २१:५५:००

पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा दुवैतर्फका गरेर करिब दुई दर्जन घाइते भएका छन् । कोसी प्रदेश नाम खारेजीको माग राख्दै मंगलबार पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप भएको हो । 

झडपका क्रममा प्रहरीतर्फ दशजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

उनका अनुसार इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामा, दुई प्रहरी निरीक्षकसहित दश प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको दमकका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

स्थिति तनावपूर्ण भएपछि भिड तितरबितर बनाउन प्रहरीले १९ सेल अश्रुग्यास, पाँच राउन्ड ब्ल्यांक फायर र एक राउन्ड हवाई फायर गरेको रिजालले जानकारी दिए ।  

प्रहरीसँगको झडपका क्रममा १२ जना आन्दोलनकारी घाइते भएका छन् । पहिचानवादी नेता ताङ्साङ् लावतीका अनुसार दुईजनाको अवस्था गम्भीर छ । 

प्रहरीले चलाएको गोलीको छर्रा लागेर दीक्षा क्षेत्री र गजेन्द्र फागो गम्भीर घाइते भएको उनले बताए । घाइते दुईजनाको दमकका अस्पतालमा प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको छ । 

अहिले दमक सामान्य अवस्थामा फर्किएको छ । प्रदेश सभाले प्रदेशको नाम कोसी राखेयता कोसी प्रदेश अशान्त छ । आन्दोलनका क्रममा पदम लिम्बूले ज्यान गुमाइसकेका छन् । पहिचान पक्षधरहरूले कोसी नाम खारेज गरी पहिचानको आधारमा नाम राख्नुपर्ने भन्दै आन्दोलन गर्दै आएका छन् ।