१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘भ्रष्टाचार नियन्त्रणका लागि जनयुद्धमा जस्तै तपाईंको साथ चाहिएको छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन्। 

काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै उनले उक्त कुरा बताएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिविना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न नसकिने उल्लेख गर्दै भने, ‘त्यसमा पनि तपाईंहरूको हिजोको जस्तो साथ–सहयोग आवश्यक छ । म तपाईंहरूसँग अपिल गर्न चाहन्छु।’

उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीनवटा शब्दलाई बढी महत्व दिएको बताए। प्रधानमन्त्रीले भने, ‘अन्यायमा परेकालाई न्याय चाहियो। समानता चाहियो।  तिनीहरूलाई पनि अधिकार चाहियो। सामाजिक न्याय भनेको त्यही हो। सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकरात रूप लिएको छ। जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउनेछैनन् ।’

उनले जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका पाँच वर्षमा एउटा रेकर्ड बनाउने उनले विश्वास व्यक्त गरे। 

प्रधानमन्त्रीले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको बताउँदै आसन्न भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयमा केही नयाँ सहमति–सम्झौता हुने स्थिति रहेको बताए। यो सबै नेपालीका निम्ति खुसी र गर्वको कुरा भएको उनको भनाइ थियो।