१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २५ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २५ सोमबार १७:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मनकामना दर्शनका राजेशबाबु अस्ट्रियाका राष्ट्रपतिबाट विभूषित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २५ सोमबार १७:४६:oo

नेपालका लागि संघीय गणतन्त्र अस्ट्रियाका अवैतानिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठ अस्ट्रियाका राष्ट्रपतिबाट विभूषित भएका छन्।

नेपालमा रहेर मित्रराष्ट्र अस्ट्रियाका लागि गरेको सेवाबापत श्रेष्ठले राष्ट्रपतिबाट प्रदान गरिने प्रतिष्ठित विभूषण ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पाएका हुन्। श्रेष्ठ मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक हुन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समुपस्थितिमा नेपालका लागि गणतन्त्र अस्ट्रियाका राजदूत क्याथरिना बिजरले श्रेष्ठलाई विभूषण हस्तान्तरण गरेकी हुन्। यसअघि सन् २०१३ मा नेपालका लागि अस्ट्रियाका तत्कालीन अवैतनिक बाणिज्यदूत स्व. लक्ष्मणबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारले ‘डेकोरेसन अफ अनर इन गोल्ड’बाट विभूषित गरेको थियो।

सम्मान हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भौगोलिक अवस्थिति, हिमालय र अतिथि सत्कारको परम्परामा नेपाल र अस्ट्रियाबीच समानता रहे पनि आर्थिक विकासको सन्दर्भमा अस्ट्रियाले ठूलो प्रगति हासिल गरेको उल्लेख गरे।

सो अवसरमा श्रेष्ठले मित्रराष्ट्र अस्ट्रियाले नेपाललाई गरेको सहयोग, विशेष गरी सांस्कृतिक सम्पदाको पुनर्निर्माण र संरक्षणको क्षेत्रमा गरेको सहयोगको पनि स्मरण गर्नुभयो।