मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २६ शुक्रबार
  • Friday, 09 June, 2023
२०८० बैशाख २५ सोमबार १४:४३:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

मदन पुरस्कार विजेता लम्सालसहित धादिङका चार स्रष्टा सम्मानित

Read Time : < 1 मिनेट
२०८० बैशाख २५ सोमबार १४:४३:००

धादिङका चार स्रष्टालाई सम्मान गरिएको छ। नेपाली भाषा र साहित्यको विकासको निम्ति विभिन्न विधामा कलम चलाउँदै आएका स्रष्टाहरूलाई नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले सम्मान गरेको हो।

कला र साहित्यको माध्यमबाट धादिङको नाम उचाइमा पुर्‍याएका स्रष्टालाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालले बताए।

प्रतिष्ठानले मदन पुरस्कार विजेता अग्नि महाकाव्यका लेखक डाक्टर नवराज लम्सालसहित प्रा.डा. रामचन्द्र लम्साल, डा. ज्ञानेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रिता थापामगरलाई सम्मान गरेको हो।