१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २४ आइतबार
  • Friday, 09 May, 2025
२o८o बैशाख २४ आइतबार १२:३६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

गीतकार खरेललाई अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २४ आइतबार १२:३६:oo

गीतकार किरण खरेललाई ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’बाट सम्मान गरिएको छ। नेपाली कला र संस्कृतिको उत्थानमा सशक्त योगदान गरेका नेपाली गीत–संगीतका धरोहर, वरिष्ठ संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति स्व. गुरुङको नाममा स्थापित पुरस्कारबाट गीतकार खरेललाई शनिबार पोखरामा सम्मान गरिएको हो।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुई लाख नगद, ताम्रपत्र र दोसल्लासहितको पुरस्कारबाट उनलाई सम्मान गरेका थिए। पोखरेली युवा सांस्कृतिक परिवार, पोखराले स्थापना गरेको पुरस्कारबाट पहिलोपटक खरेललाई सम्मान गरिएको हो। गुरुङको परिवारले १५ फागुन ०७८ मा उक्त पुरस्कार स्थापना गर्ने घोषणा गरेको थियो। 

पुरस्कार स्थापनाका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठ संयोजक रहेको १४ सदस्यीय समिति गठन गरिएको थियो। घोषणा गरेको १४ महिनापछि परिवारले नेपाली गीत लेखनको क्षेत्रमा ६ दशकभन्दा बढी समय अनवरत रूपले साधनारत खरेललाई सो पुरस्कार अर्पण गरेको हो।