१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘सरकारी सञ्चारमाध्यमले राष्ट्रिय एकतालाई उच्च प्राथमिकता दिनुपर्छ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन्। आइतबार गोरखापत्र संस्थानको १२३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

अँध्यारोबाट शिक्षा लिएर उज्योतर्फ अघि बढ्ने प्रवृत्तिलाई प्रोत्साहित गर्नुपर्ने बताउँदै उनले गोरखापत्रले नेपालको राष्ट्रिय एकतालाई कसरी सुदृढ गर्न सकिन्छ र राष्ट्रिय भावनालाई कसरी नयाँ उचाइमा लैजान सकिन्छ भन्ने कुरालाई उच्च प्राथमिकता दिन जरुरी रहेको औँल्याए। 

प्रधानमन्त्री प्रचण्डले सामाजिक सदभाव र संस्कृतिलाई विकसित र परिमार्जित गर्दै युग सुहाउँदो रूपमा लैजान आवश्यक रहेको बताए। विज्ञानले गरेका कामलाई आत्मसात् गर्दै गोरखापत्रको आन्तरिक सुधार र पुनर्संरचना गर्न जरुरी रहेको उनले बताए।

‘सूचनाको विकासका दृष्टिले र राष्ट्रिय एकता समाजमा एउटा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न पनि सरकारी सञ्चारमाध्यमले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता छ। हामीले उज्यालोतिर हेर्न अँध्यारोबाट शिक्षा लिएर उज्यलाेतर्फ अघि बढ्ने प्रवृत्तिलाई प्रोत्साहित गर्नुपर्छ,’ उनले भने, गोरखापत्रले नेपालको राष्ट्रिय एकतालाई कसरी सुदृढ गर्न सकिन्छ र राष्ट्रिय भावनालाई कसरी नयाँ उचाइमा लैजान सकिन्छ भन्ने कुरालाई उच्च प्राथमिकता दिन जरुरी छ । सामाजिक सदभाव र संस्कृतिलाई कसरी हामीले विकसित र परिमार्जित गर्दै युग सुहाउँदो रूपमा लैजान सकिन्छ ? त्यसमा ध्यान दिन जरुरी छ।’