१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २३ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २३ शनिबार १५:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ : महरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २३ शनिबार १५:१८:oo

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताएका छन्।

सरकारभित्र वा बाहिर जहाँ भए पनि सो प्रकरणका दोषीमाथि कारबाही हुने उनको दाबी छ। शनिबार संवाद डबलीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘जो दोषी छन्, तिनी कारबाहीको दायराभित्र पर्दछन्। जो दोषी छैन, त्यो त कारबाहीको दायराभित्र पर्ने कुरा भएन। सरकारभित्र हुन् वा बाहिर, दोषीलाई कारबाही हुन्छ। त्यसमा कुनै भेदभाव हुँदैन।’

उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दाबी गरे। रास्वपाले समर्थन फिर्ता लिए पनि बहुमत रहेकाले सरकार कायमै रहने उनको तर्क थियो।