१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँ’

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:३o:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री शिशिर खनालले राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लाग्नुपर्ने बताएका छन्।

जनकल्याण सामाजिक केन्द्र र सिद्धेश्वर करिडोर समितिले शनिबार काठमाडौंमा आयोजना गरेको वातावरणसम्बन्धी अन्तर्क्रियामा उनले यस्तो बताएका हुन्। ‘राजनीतिलाई फरक ढंगले अगाडि बढाउनुपर्छ। अर्को पार्टीलाई निषेध गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ,’ उनले भने।

खनालले बागमती करिडोर सरसफाइका लागि धेरै तहमा छलफल भए पनि विष्णुमती करिडोरको विकासका बारेमा आवश्यक छलफल हुन नसकेको बताए। संसारको प्रदूषित सहरमध्ये काठमाडौंसमेत भएको जनाउँदै यसलाई वातावरणमैत्री बनाउन प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण रहेको उनले औँल्याए।

संघ र प्रदेश सरकार कानुन बनाउन व्यस्त हुने भएकाले स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासका लागि विशेष चासो दिनुपर्नेमा खनालको जोड थियो।

ad
ad