१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनुगमनका लागि अख्तियारको टोली डोल्पाका गाउँमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४८:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली डोल्पाका गाउँगाउँमा पुगेको छ। डोल्पाबाट परेका भ्रष्टाचारका उजुरीको स्थलगत अनुगमनका लागि अख्तियारको टोली जिल्लाका ग्रामीण गाउँबस्ती पुगेको हो।

एक सातादेखि सुर्खेतबाट आएको  अख्तियारकाे टाेलीले पाँच समूहमा उजुरी परेका विकास योजनाको प्रारम्भिक तथा विस्तृत अध्ययन गरिरहेको शाखा अधिकृत भीमप्रकाश खत्रीले जानकारी दिए। उनका अनुसार ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र से–फोक्सुन्डाे गाउँपालिकाका मात्रै ३० योजनाको उजुरी परेकाे छ।

डोल्पोबुद्ध गाउँपालिकाबाट उजुरी शून्य रहे पनि अन्य स्थानीय तहबाट उल्लेख्य उजुरीहरू परेका छन्। ‘विशेष गरेर उपल्लो डोल्पाको से–फोक्सुन्डाे गाउँपालिकामा पदमार्ग निर्माण, घेराबार, सौर्यऊर्जा, कार्यालय व्यवस्थापन, सार्वजनिक खरिदलगायतका विषयमा भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ। त्यसको अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘उपल्लो डोल्पामा कामै नगरी रकम हिनामिना हुन्छ भन्ने पनि सुनिएको छ। त्यसको विषयमा पनि विस्तृत अनुसन्धान हुन्छ।’

तल्लो डोल्पाको ठुलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकामा औषधि खरिद, सामाजिक सुरक्षा भत्ता वितरण, विद्यालय भवन निर्माण, तटबन्धन र सार्वजनिक खरिदमा भ्रष्टाचार भएको पाइएको खत्रीले जानकारी दिए। डोल्पामा परेको सम्पूर्ण उजुरीबारे विस्तृतमा अध्ययन गरेरमात्र सुर्खेत फर्कने उनको भनाइ छ।

अनुगमन गर्ने, कारबाही नगर्ने प्रवृत्तिप्रति स्थानीय आक्रोशित
स्थानीयले भने अख्तियारकाे टोली डोल्पामा भत्ता पचाउन मात्र आउने गरेको भन्दै असन्तुष्टि जनाएका छन्।  वर्षौँअघि डोल्पाबाट परेका भ्रष्टाचारका फाइलहरूमा कारबाही नभएको त्रिपुरासुन्दरी नगरपालिकाका स्थानीय पूर्णकेशर न्यौपानेले बताए।

प्रत्येक वर्ष अख्तियारको टोली आएर स्थलगत अनुगमन गरेजस्तो गरेर त्यसै फर्कने गरेको भन्दै उनले आक्रोश पोखे। ‘डोल्पाका स्थानीय तहहरूमा व्यापक भ्रष्टाचार छ। मुद्दा पनि परेको छ। कारबाही भने भएको पाइँदैन। छानबिन गरी दोषीलाई कारबाही भए पो सबै सचेत हुन्छन्,’ उनले थपे।