१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:o६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

२७ वैशाखदेखि सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o६:oo

धनकुटामा वैशाख २७ देखि १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। गोल्डकप आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै जेठ २ सम्म प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो।

०६३ सालयता बर्सेनि सञ्चालन भइरहेको गोल्डकप ०७६ यता सञ्चालन हुन सकेको थिएन। कोरोना महामारीका कारण स्थगन भएको प्रतियोगिता तीन वर्षपछि पुनः आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

यसपटकको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार पाउने गोल्डकप आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए। प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ले नगद तीन हजार र विधागत उत्कृष्ट खेलाडीले नगद पाँच हजार पाउनेछन्।

प्रतियोगितामा आयोजक टिमसहित  पेमा युवा क्लब विराटनगर, प्लानिङ ब्वाइज क्लब काठमाडाैं, कञ्चनजंघा फुटबल क्लब सिलगुडी भारत, राष्ट्रिय जागृति फुटबल क्लब सुनसरी, झापा फुटबल क्लब झापा, एपिएफ काठमाडौं र वीरगन्ज युनाइटेड वीरगन्ज गरी आठ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।