Skip This
भारतबाट आयात घट्यो : नेपालगन्ज भन्सारलाई सरकारले दिएको लक्ष्य भेटाउन मुस्किल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २० बुधबार
  • Saturday, 27 July, 2024
२o८o बैशाख २० बुधबार o८:४५:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतबाट आयात घट्यो : नेपालगन्ज भन्सारलाई सरकारले दिएको लक्ष्य भेटाउन मुस्किल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २० बुधबार o८:४५:oo

नेपालगन्ज नाकाबाट आयात हुने सामानको परिमाण घटेसँगै राजस्व पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनमा चालू आर्थिक वर्षमा आयात हुँदै आएका सामानको परिमाण घटेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । नेपालगन्ज भन्सार कार्यालयले राजस्व असुलीमा सरकारले दिएको लक्ष्य भेटाउन सकेको छैन ।

साउन महिनामा सरकारले एक अर्ब ७८ करोड ८५ लाख ५५ हजार रुपैयाँ लक्ष्य दिएको थियो, तर नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यको ७५ प्रतिशत अर्थात् एक अर्ब ३५ करोड ४० लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गर्न सकेको सूचना अधिकारीसमेत रहेका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले जानकारी दिए । 

उनका अनुसार गत आर्थिक वर्षको साउन महिनामा भन्सार कार्यालयले १३१ प्रतिशत राजस्व संकलन गरेको थियो । सरकारले एक अर्ब ५३ करोड ४४ लाख २९ हजार लक्ष्य दिएकोमा नेपालगन्ज भन्सार कार्यालयले दुई अर्ब एक करोड ७३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । 

त्यसैगरी, भदौ महिनामा ६४.२५ प्रतिशत राजस्व संकलन हुँदा गत आर्थिक वर्षको भदौ महिनामा लक्ष्यको ९३.६८ प्रतिशत राजस्व संकलन भएको भन्सार अधिकृत शर्माले बताए । उनले असोज महिनामा पनि राजस्व संकलन सन्तोषजनक नभएको बताए । गत आर्थिक वर्षको असोज महिनामा १०१.३० प्रतिशत राजस्व संकलन भएको थियो भने चालू आवको असोजमा मात्र ५४.८७ प्रतिशत राजस्व संकलन गर्न नेपालगन्ज भन्सार सफल भएको छ । 

सरकारले कात्तिक महिनामा दुई अर्ब ३९ करोड ४२ लाख सात हजार रुपैयाँ लक्ष्य दिएको थियो, तर नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यको ६४ दशमलव ४६ प्रतिशत अर्थात् एक अर्ब ५४ करोड ५६ लाख ५२ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ । यसैबीच, मंसिरमा लक्ष्यको ५५.२१ प्रतिशत, पुसमा ५६.३०, माघमा ६१.२४, फागुनमा ५५.०१ र चैत महिनामा ६८.८८ प्रतिशत राजस्व संकलन भएको भन्सार अधिकृत शर्माले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षको मंसिरमा ९६.९८ प्रतिशत राजस्व संकलन हुँदा पुस महिनामा ८४.०८, माघमा ७७.३०, फागुनमा ८९.७४ र चैतमा ७९.१६ प्रतिशत राजस्व संकलन भएको थियो । ‘गत आवको चैत मसान्तसम्म ९२.४९ प्रतिशत राजस्व संकलन भएको थियो । चालू आवको चैत महिनासम्म ६१.२७ प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएका छौँ,’ उनले भने । 

 डिजेल र आलु आयात घट्दा राजस्व गिरावट
भारतबाट आयात हुने सामानमा पनि कमी आएको छ । गत आर्थिक वर्षको चैत महिनासम्म ११ अर्ब २५ करोड ५४ लाख ६६ हजार रुपैयाँको १२ करोड ७५ लाख ८४ हजार किलोलिटर डिजेल आयात भएको थियो । चालू आवको चैतसम्म ११ करोड ४६ लाख ५१ हजार ८४ लाख रुपैयाँको नौ करोड ३२ लाख २८ हजार किलोलिटर डिजेल आयात भएको छ ।

 डिजेल आयातबाट चालू आवको चैत मसान्तसम्म चार अर्ब एक करोड ८९ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको चैत मसान्तसम्म चार अर्ब ९२ करोड ३४ लाख आठ हजार रुपैयाँ अर्थात् चालू आवको भन्दा २० करोड ९७ लाख १८ हजार रुपैयाँ बढी राजस्व संकलन भएको थियो । 

एलपी ग्यास आयातमा पनि कमी आएको छ । एलपी ग्यास कम आयात भएकाले गत आवभन्दा चालू आवमा ७ दशमलव १२ प्रतिशत कम राजस्व संकलन भएको भन्सार अधिकृत शर्माले जानकारी दिए । यसैगरी, चिनीको आयातमा समेत कमी आउँदा नेपालगन्ज भन्सार कार्यालयले ४४ दशमलव ९८ प्रतिशत अर्थात् गत आवको भन्दा एक अर्ब १९ करोड ७५ लाख ५१ हजार रुपैयाँ कम राजस्व संकलन भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार आलु, तोरी, रायो, तिल आयात पनि घटेको छ । अघिल्लो आवको तुलनामा चालू आवमा २१.८६ प्रतिशत कम आलु आयात हुँदा २१ करोड ६२ लाख ६८ हजार रुपैयाँ कम राजस्व उठेको छ भने ८.२२ प्रतिशत कम तोरीजन्य वस्तु आयात भएको छ । यो अघिल्लो वर्षभन्दा ६ करोड ४५ लाख ८१ हजार रुपैयाँ थोरै हो । भारतबाट कोइला, टायल, अलकत्रा, पोलिथिन, दाना आयातमा पनि कमी आएको भन्सार कार्यालयले जनाएको छ ।