१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिको सचिवालयले भन्यो - उपचार खर्च आफैँले व्यहाेर्ने राष्ट्रपतिको चाहना छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४१:oo

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरिएको उपचारको खर्च आफैँले व्यहोर्ने भएका छन् ।

राष्ट्रपतिको स्वकीय सचिवालयको तर्फबाट प्रेस संयोजक खिला कार्कीले राष्ट्रपति पौडेलले उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति आफैँले व्यहोर्न चाहेको जानकारी गराएका हुन् । 

राष्ट्रपतिको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरूको सुझावअनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार भएको सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा विदितै छ । उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले व्यहोर्न चाहेको जानकारीका लागि अवगत गराइन्छ ।’

उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लैजाँदा तथा उपचारकै क्रममा ठूलो खर्च लागेको र राष्ट्रलाई आर्थिक भार परेको भन्दै नागरिकस्तरबाट आलोचना भएको थियो ।