
एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले तीन विकेट गुमाएको छ । युएईविरुद्ध एक सय १८ रनको लक्ष्य पाएको नेपालले २२ रनमा तीन विकेट गुमाएको हो ।
वर्षाका कारण हिजो खेल सम्पन्न हुन नसकेपछि आज रिजर्भ डेमा युएईले थप ११ रन बनाउँदा अन्तिम विकेट गुमाएपछि नेपालले एक सय १८ रनको लक्ष्य पाएको हो ।
नेपालका आसिफ शेखलाई युएईका आयान खानले एलबिडब्लू आउट गरेका छन्। अहिले कप्तान रोहित पौडेल र गुल्सन झा ब्याटिङ गरिरहेका छन्।