१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १८ सोमबार
  • Saturday, 26 April, 2025
२o८o बैशाख १८ सोमबार २२:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माछा मार्ने क्रममा ढुंगामा चिप्लिएर ज्यान गयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १८ सोमबार २२:१o:oo

गुल्मीको मुसिकोटमा माछा मार्ने क्रममा एकजनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका– ४ दिगामचौरका ३८ वर्षीय रामबहादुर कुमालको ज्यान गएको हो । 

रामबहादुर र उनका १० वर्षीय छोरा ओमित नजिकै रहेको बडिगाड खोलामा माछा मार्न गएका थिए । 

माछा मार्ने जाल खेल्ने क्रममा ढुंगामा चिप्लिएर रामबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पान्डेयले जानकारी दिए । 

प्रहरीले उनको शव पोस्टमार्टमका लागि गुल्मी जिल्ला अस्पतालमा राखेको छ ।