१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकारले जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीले गलत प्रचार सुरु गरे : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:१७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवउदारवादले मजदुर र आमजनतामाथि नयाँ प्रकारले शोषण र उत्पीडन गरेकाले त्यसका विरुद्ध साझा प्रतिवाद जरुरी रहेको बताएका छन्।

अखिल नेपाल ट्रेड युनियन महासंघको आठौंँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले श्रमजीवी र मजदुर वर्गलाई शोषण मात्रै गर्ने प्रवृत्तिको अन्त्यका लागि सशक्त प्रतिवाद जरुरी रहेको बताए। प्रधानमन्त्री दाहालले वर्तमान सरकार गठन भएपछि मजदुर र आमजनताको हितमा केही महत्वपूर्ण काम तथा निर्णय भएको दाबी गरे। वर्तमान सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याएको जानकारी दिँदै उनले त्यसबाट लाखौँ नेपाली लाभान्वित हुने विश्वास व्यक्त गरे।

राहदानी लिनैका लागि लामो समयसम्म लाइनमा रहनुपर्ने बाध्यताको अन्त्य भएको, सवारीचालक अनुमतिपत्रमा रहेको समस्या क्रमशः हटेको र विद्यालयमा भर्ना हुनुअगावै देशैभरका विद्यार्थीले सहज रूपमा पाठ्यपुस्तक पहिलोपटक पाएको बताए।

सरकारले केही सकारात्मक कामको सुरुवात गरेपछि जनविरोधी तत्वले गलत प्रचार गरेको प्रधानमन्त्री दाहालको भनाइ छ। सरकारले देश र जनताको पक्षमा धमाधम निर्णय गर्न थालेपछि प्रतिक्रान्तिकारी र प्रतिगमनकारी तत्वलाई सह्य नभएकाले विरोधमा उत्रिएको र नेपाली जनतालाई भ्रम दिन खोजेको प्रधानमन्त्रीले दाबी गरे।

नेपाली जनताले त्याग र बलिदानबाट स्थापित गरेको प्रणालीमाथि विभिन्न कोणबाट आक्रमण भएकाले त्यसलाई परास्त गर्न मजदुर वर्गले सशक्त प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ। प्रधानमन्त्री दाहालले भने, ‘जनयुद्धको बलमा स्थापित भएको मूल्य र मान्यता उल्ट्याउन खोज्ने प्रवृत्तिका विरुद्ध जुध्न जरुरी छ। प्रतिगमन र प्रतिक्रान्तिकाविरुद्ध एकपटक सशक्त रूपमा प्रतिवाद गर्नु जरुरी छ।’

ad
ad