
एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलिरहेको युएईको छैटौँ विकेट गुमेको छ ।
मिडियम पेसर गुल्सन झाले नेपाललाई छैटौँ सफलता दिलाएका हुन् । उनले २७ बलमा १० रन बनाएर बसिल हमिदलाई आउट गरे ।
ताजा अवस्थामा युएईले २३ ओभरमा ६ विकेट गुमाएर ९६ रन बनाएको छ ।
नेपाली सिमर र स्पिनरहरू हावी भएपछि युएईले नियमित अन्तरालमा विकेट गुमाइरहेको छ ।
सिमर करण केसीले दुई र सोमपाल कामीले एक, स्पिनर सन्दीप राजभण्डारी र ललित राजवंशी एक–एक विकेट लिइसकेका छन् ।
त्रिवि खेलमैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अहिले युएई ब्याटिङ गरिरहेको हो ।