१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पामा १ जेठदेखि यार्सा पाटन खुला गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३९:oo

हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यही जेठ १ देखि सम्पूर्ण यार्सा पाटनहरू खुला गरिने भएको छ।

शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायको अध्यक्षतामा बसेको सरोकारवालाहरूको समन्वयात्मक बैठकले  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनहरूमा रहेका यार्सा पाटन जेठ १ देखि असार १ सम्म खोल्ने निर्णय गरेको हो।

कोभिड १९ संक्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा खुला रूपमा संकलन गर्न नपाएकाले यसपटक एक महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो।

यार्सा संकलनको लागि मध्यवर्ती क्षेत्रका वासिन्दा, जिल्लाभित्रका वासिन्दा र जिल्लाबाहिरका वासिन्दालाई राष्ट्रिय निकुञ्ज ऐन र नियामावलीअनुसार फरकफरक प्रवेश शुल्क लाग्नेछ। निकुञ्जको मध्यवर्ती  क्षेत्रका वासिन्दाले  रु ५००, निकुञ्जबाहिर जिल्लाभित्रका वासिन्दाले रु २ हजार तथा जिल्लाबाहिरदेखि आउनेले रु ३ हजारका दरले प्रवेश शुल्क तिर्नुपर्नेछ।

यार्सागुम्बा संकलनकर्ताका लागि जिल्लाको सुलिगार्ड, धो, साल्दाङ, रिग्मो, सुम्दुवा, छेप्का, त्रिपुराकोट, खालिवन, पहाडा, तोइजम तथा मुगुको डोल्फु र किम्रीबाट पुर्जी वितरण हुने शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलीगार्ड डोल्पाले जनाएको छ। यस्तै, डिभिजन वनको क्षेत्रमा आवश्यकताअनुसार स्थान निर्धारण गरी पुर्जी वितरण गरिनेछ।

डोल्पा जिल्लाका विभिन्न स्थानमा रहेको करिब दुई दर्जनभन्दा बढी यार्सागुम्बा पाटनहरूमा सर्वसाधारणको भिड हुने भएकाले सम्भावित आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रणका लागि श्री रामवाण गुल्मका गुल्मपतिको संयोजकत्वमा थप छलफल गरी सुरक्षा परिचालन गरिने बैठकको निर्णय छ।

यार्सागुम्बा संकलनको अवधिमा यार्सा संकलनबाहेक अन्य गैरकानुनी कार्य गरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६  र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ अनुसार कारबाही हुने निकुञ्जले जनाएको छ।

यस्तै, यार्सागुम्बा संकलनको अवधिमा सर्वसाधारणको लागि विभिन्न नाकाहरूमा स्वास्थ्य सेवा कार्यालय र स्थानीय तहहरूको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर राख्ने तथा पाटनमा हुने फोहोरमैला व्यवस्थापनको लागि यार्सागुम्बा संकलनकर्ताहरूलाई नाकाहरूमा अभिमुखीकरण गर्ने बताइएको छ।