१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गीतानगरमा सातदिने योग शिविर सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४o:oo

गीतानगरमा सातदिने योग शिविर सम्पन्न भएको छ। भरतपुर ६ मा रहेको सिद्धेश्वर आधारभूत विद्यालयको प्रांगणमा आयोजित शिविरमा बालबालिकादेखि जेष्ठ नागरिकहरूको उत्साहजनक सहभागितामा रहेको थियो। 

सिद्धेश्वर आधारभूत विद्यालयका अध्यक्ष एवं शिविरका संयोजक विष्णुबहादुर भुजेल योगको महत्व बुझाउन बृहत् योग शिविर सफल भएको बताए।

शरीर र दिमागलाई स्वस्थ्य बनाउने वैज्ञानिक विधि योग रहेको भन्दै भुजेलले सबैको दैनिकीसँग योग अभ्यास जोड्न यो शिविर सहयोगी हुने विश्वास व्यक्त गरे। 

उनका अनुसार शिविरमा दैनिक ४ सय बढीले योगाभ्यास गरेका थिए। प्रमुख प्रशिक्षक अस्मिता पाण्डेले अभ्याससँगै सहभागीहरूलाई योगको महत्व तथा आध्यात्मिक प्रवचनसमेत दिएकी थिइन्।

कार्यक्रमको समापन भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी र भरतपुर-६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठको उपस्थिति रहेको थियो। शिविरमा जनप्रतिनिधिसहित स्थानीय विभिन्न संघसंस्थाका पदाधिकारीलगायतको उल्लेख्य सहभागिता रहेको थियो। 

शिविरमा निःशुल्क स्वास्थ परिक्षण गरी २०० भन्दा बढीलाई  निःशुल्क औषधिसमेत वितरण गरिएको थियो। पतञ्जली योग समिति चितवनको प्राविधिक सहयोगमा वैशाख ८ देखि १४ गतेसम्म सञ्चालन भएको बृहत् योग शिविरलाई सिद्धेश्वर आधारभूत विद्यालय, सिद्धेश्वर टोल विकास संस्था, छिमेकी टोल विकास संस्था, विवेकशील टोल विकास संस्था, शनिश्चरीमाई टोल विकास संस्था, सिर्जनशील टोल विकास संस्था र गीतानगर ब्वाइज क्लबले संयुक्त रूपमा आयोजना गरेका थिए।