१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आर्थिक संकट समाधान गर्न सार्वजनिक महत्वको प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:१६:oo

वर्तमान आर्थिक संकट समाधानका लागि राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ । राष्ट्रिय सभा सदस्य मदनकुमारी शाहले बुधबार पेस गरेको प्रस्तावमा समाजवादउन्मुख आत्मनिर्भर र समृद्ध अर्थतन्त्रको विकास गर्न आवश्यक रहेको औँल्याइएको छ । 

प्रस्तावमाथि छलफलमा भाग लिँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले बाहिर प्रचार गरिएजस्तो मुलुकको अर्थतन्त्र कहालीलाग्दो अवस्थामा नरहेको र सुधारको प्रयत्न भइरहेको बताए । ‘साधारण खर्च, अर्थात् सामाजिक सुरक्षा, वृद्धभत्ता, स्वास्थ्य शिक्षा, प्रदेश स्थानीय तहलाई अनुदान धेरै छ । पुँजीगतभन्दा ज्यादा छ । राजस्व कम छ, सन्तुलन ल्याउने बाटोमा छौँ । आउँदो वर्ष राजस्व बढाउँछौँ । पुँजी प्रवाह गरेर अर्थतन्त्र चलायमान बनाउने लक्ष्य छ,’ उनले भने । 

सोचेजस्तो नभए पनि आर्थिक वृद्धिदर खराब नभएको र बाह्य सञ्चिति राम्रै रहेको उनको भनाइ छ । ‘ब्याजदर ज्यादा भएकाले समस्या भएको हो । यसलाई नियन्त्रण गर्छाैँ । सरकारी खर्च प्रभावकारी बनाउने प्रयासमा छु । यसमा सबैको सहयोग चाहिन्छ,’ उनले भने । सबै दलको प्रतिनिधित्व रहेको प्रस्तावमा संविधानले परिकल्पना गरेको राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र र उन्नत बनाउँदै समाजवादउन्मुख, आत्मनिर्भर समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्यअनुरूप राष्ट्रिय अर्थतन्त्र अगाडि बढ्न नसकेको, गम्भीर संकटतर्फ उन्मुख रहेको छ ।

ad
ad