
लेफ्ट इन्जिनमा आगलागी भएपछि आकस्मिक अवतरणको प्रयासमा रहेको फ्लाई दुबईको जहाज भारतीय आकाशबाट पनि अघि बढेको छ ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केहीबेरमै विमानको लेफ्ट इन्जिनमा आगो लागेको थियो ।
त्यसक्रममा विस्फोट भएजस्तै ठूलठूलो आवाज सुनिएको थियो भने आगोको लप्का देखिएको थियो ।
तर, ककपिटमा रहेको एयरक्राफ्ट प्यारामिटर चेकजाँच गर्दा समस्या नदेखिएकोले जहाज गन्तव्यतर्फ प्रस्थान गरेको टिआइएका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
डबल इन्जिन भएको सो जहाजलाई एउटा इन्जिनमा आगो लागेपछि दश मिनेटसम्म काठमाडौंको आकाशमा होल्ड गराइएको थियो । तर, सुरक्षित जान सकिने सम्भावना रहेको भन्दै पाइलटले विमान दुबईतर्फ नै उडाएका छन् ।