
चितवन २ मा आचारसंहिता उल्लंघन गरेका भन्दै नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले रास्वपा उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी दिएका छन्। श्रेष्ठले प्रतिनिधिमार्फत लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।
निर्वाचन सुरु भइसकेको अवस्थामा लामिछानेले सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट मत मागेको, मतदान स्थलमा हुलहुज्जत गरी मतदातालाई प्रभावित पारेको तथा प्रजिअको ठाडो निर्देशनमा सुरक्षाकर्मीद्वारा एकपक्षीय ढंगले मतदाता र प्रतिनिधिमाथि लाठी चार्ज गरेको उनको दाबी छ।
त्यसैगरी, किरण मावि भोजाड मतदान स्थलमा रास्वपा र उसका उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको स्विकारेको विषयसमेत उजुरीमा उल्लेख गरिएको छ।