मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०८० बैशाख १० आइतबार १२:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाल्पामा बस दुर्घटना हुँदा एकको मृत्यु, ३८ घाइते    

Read Time : < 1 मिनेट
२०८० बैशाख १० आइतबार १२:४९:००

बुटवलदेखि बागलुङको बुर्तिबाङ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ जाँदै गरेको लु.१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका– ५ जोरधारानजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो ।  

दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमेन्द्र शर्माले जानकारी दिए । मृत्यु हुनेको पहिचान नखुलेको शर्माको भनाइ छ ।

घाइते भएका सबैलाई लुम्बिनी मेडिकल कलेजमा पठाइएको शर्माले जानकारी दिए । घाइते अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस भिरमा अड्किएको  छ ।