१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १० आइतबार
  • Friday, 09 May, 2025
२o८o बैशाख १० आइतबार १o:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारा २ मा हामी दोब्बर मतान्तरले जित्छौँ : सिके राउत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १० आइतबार १o:४३:oo

जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ मा आफ्नो पार्टीका उम्मेदवारले दोब्बर मतान्तरले जित्ने दाबी गरेका छन्।

बारा २ मा जनमत पार्टीबाट शिवचन्द्र कुसवाह उम्मेदवार छन्। यहाँबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचनअन्तर्गत आज मतदान भइरहेको छ।

मतदान केन्द्रको निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राउतले भने, ‘जनताले न्याय गर्छन्। जसपाको जंगलराज अन्त्य गर्छन्। ब्यालेट बक्समार्फत जवाफ दिन्छन्। हामीले दोब्बर मतान्तरले चुनाव जित्छौँ। हारेर भागेर आएकाहरू पराजित हुन्छन्।’