१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित पक्राउ परेका व्यक्ति प्रहरी जवान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१२:oo

कैलालीको भजनीमा लागुऔषधसहित चार दिनअघि पक्राउ परेका दुईजनामध्ये एक प्रहरी जवान रहेको खुलेको छ। 

नेपाल–भारत सीमानाका नजिकबाट पक्राउ परेका दुवैजनामाथि अनुसन्धान गर्दा एकजना प्रहरी जवान रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भारतीय सीमानाका नजिक कुसुमबाट प्रहरीले ३३ ग्राम लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको थियो। 

पक्राउ पर्नेमध्ये इलाका प्रहरी कार्यालय सुखडअन्तर्गत अस्थायी प्रहरी पोस्ट साढेपानीमा कार्यरत प्रहरी जवान अंकित चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए। भारतबाट लागुऔषध ल्याइएको खुलेको प्रहरीले जनाएको छ।