१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

घलेगाउँमा आयोजित गोल्डकपको उपाधि बेँसीसहर युथ सोसाइटीको पोल्टामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५७:oo

घलेगाउँमा आयोजित छैटौँ स्मार्ट भिलेज पहिलो आमन्त्रित गोल्डकप फुटबलको उपाधि बेँसीसहर युथ सोसाइटीले जितेको छ।

घलेगाउँको स्वर्गभूमि रंगशालामा शुक्रबार सम्पन्न फाइनलमा सोसाइटीले सेन्ट्रल कलेज रामपुर(रड्स) चितवनलाई २–१ ले हराउँदै ५ लाख ५ सय ५५ रुपैयाँ नगद र सिल्ड जितेको हो। उपविजेता रामपुरले ३ लाख ५ सय ५५ रुपैयाँ जितेको छ।

समुद्री सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको लमजुङको स्मार्ट भिलेज घलेगाउँमा नयाँ वर्षको अवसरमा ‘स्मार्ट भिलेज आमन्त्रित छैटौँ गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना गरिएको  हो।

घलेगाउँमा विगतका वर्षहरूमा खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटक पहिलोपटक आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गरिएको पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए।

क्व्होलासोंथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले ग्रामीण भेगमा आयोजना गरिएको फुटबल प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने बताए।