१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सैनिक झन्डासहित गोरखा-जितगढी पदयात्रा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:४४:oo

नेपालको ऐतिहासिक सम्पदा तथा घटनाक्रमको संरक्षण‚ संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले २९ चैतमा सुरु गरेको गोरखा–जितगढी पदयात्रा बिहीबार बुटवलस्थित जितगढीमा पुगेर समापन भएको छ।

गोरखा दरबारबाट सुरु भएको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झन्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ (पाँच) स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झन्डासहित पदयात्रा गरेका थिए।
 
बुटवलमा पदयात्राको टोलीलाई लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, सेनाको मध्यपश्चिम पृतनापति उपरथी यामप्रसाद ढकाल तथा स्थानीय जनप्रतिनिधिहरू, बुद्धिजीवी, जिल्लास्थित सरकारी निकायका प्रमुख तथा पदाधिकारीहरू र सर्वसाधारणले स्वागत गरेका थिए। 

पदयात्रा समापन तथा जितगढी विजय उत्सव समारोहमा मध्यपश्चिम पृतनापति ढकाल र बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयले नेपाल–अंग्रेज युद्धका बेला जितगढीको लडाइँमा विजयी फौजको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापाको सालिकअगाडि दीप प्रज्वलन गरी माल्यार्पण गरे। समारोहमा स्थानीय झाँकीलगायत विविध कार्यक्रमहरू सञ्चालन गरिएको थियो।

गोरखा दरबारदेखि जितगढीसम्म करिब २०७ किलाेमिटर दूरीमा सञ्चालित पदयात्रा नवौँ दिनमा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवलस्थित जितगढीसम्म पुगेर समापन भएको हो। 

‘यस प्रकारको कार्यक्रमले नेपालको ऐतिहासिक धरोहरहरूको पहिचान‚ संरक्षण‚ संवर्द्धन र प्रवर्द्धन हुनुका साथै राष्ट्रिय एकता, सैनिक इतिहास एवं पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।