
युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ।
राज्य भन्सार सेवाले बुधबार दिएको जानकारीअनुसार जनवरी–मार्चमा युक्रेनको निर्यात कुल १०.३ बिलियन डलर र आयात १५.५ बिलियन डलर छ।
खाद्यान्न उत्पादनहरूले पहिले त्रैमासिकमा युक्रेनको निर्यात आम्दानीमा सबैभन्दा ठूलो योगदान पुर्याएको र त्यसपछि धातु उत्पादनहरू, मेसिनहरू, उपकरणहरू, र यातायातलगायतका क्षेत्रले योगदान दिएको जनाइएको छ।
मुख्य रूपमा आयात हुने वस्तुहरूमा मेसिन, उपकरण, यातायात, इन्धन र रसायनहरूलगायतका वस्तुहरू छन्। गत वर्ष युक्रेनको वैदेशिक व्यापार २९.६ प्रतिशतले घटेर ९९.७ अर्ब डलर पुगेको थियो।
[स्केच : इकाेनाेमीमिडिलइस्ट डट कमबाट]