१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिले फिर्ता गरे पूर्वसभामुखको हैसियतमा पाएको सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o६:oo

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुखको हैसियतमा पाएको सुविधा फिर्ता गरेका छन्। पौडेलले पूर्वसभामुखको हैसियतमा संसद् सचिवालयबाट लिँदै आएकाे सुविधा फिर्ता गरेका उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनअनुसार आफ्नो पदावधि समाप्त भएको सात दिनभित्र फिर्ता गर्नुपर्छ। तर, पौडेलले राष्ट्रपति निर्वाचित भएको ४० दिन बितिसक्दा पनि पूर्वसभामुखको हैसियतले पाएको सुविधा फिर्ता गरेका थिएनन्।

सञ्चारमाध्यममा यो विषय आएसँगै पौडेलले आज मंगलबार नै पूर्वसभामुखको हैसियतमा पाएको सुविधा फिर्ता गरेका हुन्।