१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निरीक्षणकाे एक दिनअघि नगरपालिकाको जिन्सी शाखामा आगलागी, छानबिन समिति गठन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:५८:oo

सिरहाको जिल्ला सदरमुकाम समेत रहेको सिरहा नगरपालिकामा आइतबार राति आठ बजेतिर जिन्सी शाखामा भएको आगलागीको विषयमा अनुसन्धानका लागि नगरपालिकाले सात सदस्यीय छानबिन समिति गठन गरेको छ। 

नगर कार्यपालिकाको सोमबार सम्पन्न बैठकले सिरहा १ का वडाध्यक्ष महेशकुमार यादवको अध्यक्षतामा गठन गरिएको छानबिन समितिले तीन दिनभित्र आगलागीको विषयमा सोधपुछ र छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार यादवले जानकारी दिए।

‘जिन्सी शाखामा आगो कसैले लगायो वा दुर्घटनावश आफैं लाग्यो भन्ने कुरामा केन्द्रित रहेर समितिले छानबिन गर्नेछ’ प्रमुख प्रशासकीय अधिकृत यादवले भने। 

उनका अनुसार आगलागीको विषयमा थप सूक्ष्म अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयलाई समेत आग्रहसहित पत्राचार गरिएको छ । ‘प्रहरीले पनि सूक्ष्म अनुसन्धान गरी वास्तविकता पत्ता लगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ’ उनले भने । 

जिन्सी खोलिनु अघिल्लो दिन आगलागी !

गत माघको तेस्रो हप्ता नगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सिरहा नगरपालिका आएका दिलिपकुमार र नगर प्रमुखसहितले जिन्सीको बरबुझारथ गर्न तत्कालीन निमित्त प्रशासकीय प्रमुख रही जिन्सी समेत हेर्दै आएका बलिराम यादव र शाखा अधिकृत निलुकुमारी श्रेष्ठलाई पटक-पटक लिखित तथा मौखिक रुपमा आग्रह गर्दै आएको बताइएको छ। 

तीन/चार पल्टसम्मको मौखिक तथा लिखित ताकेतालाई पनि आलटाल गरेपछि नगर कार्यपालिकाले तीन जना वडाध्यक्ष तथा दुईजना कर्मचारीसहित पाँच जनाको टोली गठन गरी सोमबार बिहान कार्यालय खुलेपछि जिन्सी शाखा खोलेर निरीक्षण गर्ने तयारी रहेको बुझिएको छ। 

शाखा निरीक्षण गर्नु एकदिन अगाडि नै आगलागी हुनु रहस्यमय देखिएको भएपनि छानबिन समिति गठन भइसकेकाले प्रतिवेदन नआएसम्म नबोल्दै राम्रो हुने स्थानीय जनप्रतिनिधिहरु बताउँछन्। 

नगरपालिकाको रात्रीकालीन पालेले जिन्सी शाखामा आगलागी भएको देखे लगत्तै बारुणयन्त्रलाई बोलाएर आगो निभाइएको तर क्षति कति र के के भयो भन्ने यकिन हुन नसकेको नगरपालिकाले जनाएको छ।