१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५o:oo

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका अञ्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले सहमति गरेपछि अञ्जन सर्वसम्मत रूपमा महासंघको वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन्।

यसअघि महासंघको वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा थिए । त्यसमा अञ्जनले ३७.९९ प्रतिशत, उमेशले ३१.५१ प्रतिशत र संघईले ३०.४६ प्रतिशत मत प्राप्त गरेका छन्।

महासंघको वरिष्ठ उपाध्यक्ष हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। तर, त्यसअनुसार कसैको पनि मत नआएपछि दोस्रो चरणमा मतदान गर्न लागिएको थियो। अन्तिम समयमा सहमतिको प्रयाससमेत थालिएको थियो। सहमतिपछि उमेशलाल श्रेष्ठले छाडिदिएपछि अञ्जन सर्वसम्मत भएका हुन्।