१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २९ बुधबार १२:११:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साल्ट ट्रेडिङ कर्पोरेसनको अध्यक्षमा श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २९ बुधबार १२:११:००

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समिति बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।

श्रेष्ठ चैत ०७१ देखि सञ्चालक समिति सदस्यका रूपमा कार्यरत थिए । उनी कर्पोरेसनमातहतको मोरङ सुगर लिमिटेडको अध्यक्षका रूपमा समेत कार्य गरिरहेका छन् ।

सरकारको आंशिक लगानी रहेको साल्ट ट्रेडिङले देशभर नुन बिक्री–वितरणको एकाधिकार लिँदै आएको छ । कर्पोरेसनले विकट जिल्लाहरूमा सरकारी अनुदान लिएर नुन ढुवानीसमेत गर्दै आएको छ । यसका अलाबा कर्पोरेसनले दैनिक उपभोग्य खाद्यान्न, ग्यास, रासायनिक मललगायतको कारोबार पनि गर्दै आएको छ ।