१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘लिडरसिपको २५ वर्ष’ मनायो बजाजले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२o:oo

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले आफ्नो रजतजयन्ती मनाएको छ । कम्पनीले ‘लिडरसिपको २५ वर्ष : बजाज लिडर्स मिट–२०२३’ आयोजना गरी रजतजयन्ती मनाएको हो । 

सन् १९९८ देखि नेपाली बजारमा हाई–पर्फमेन्स मोटरबाइकहरू सुपथ मूल्यमा उपलब्ध गराउँंदै आएकाले अहिले बाइक भन्नासाथ बजाज सम्झिने जमात नै बनिसकेका कारण पनि रजतजयन्ती मनाउन सफल भएको कम्पनीले जनाएको छ ।आठ लाखभन्दा बढी नेपाली ग्राहकको मन जित्न सफल भएको दाबी गर्दै हाल बजाजका बाइकहरू पनि नेपालमै एसेम्बल हुने गरेको कम्पनीले उल्लेख गरेको छ । 

नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल एसेम्ब्ली प्लान्ट हुलास अटो क्राफ्टले नेपालमै बजाज मोटरसाइकलहरू एसेम्बल गर्दै आएको जनाइएको छ । विगत २५ वर्षदेखि बजाज बाइकले नयाँँ–नयाँँ र उत्कृष्ट डिजाइनहरूका साथ नेपाली ग्राहकको मन जित्दै विश्वसनीय ब्रान्डका रूपमा स्थापित भएको कम्पनीको भनाइ छ । बजाजले नेपाली अटो उद्योगमा निरन्तर रूपमा नयाँ प्रविधि र डिजाइनयुक्त मोटरसाइकलहरू ल्याउँदै नयाँ बेन्चमार्कहरू स्थापित गर्दै आएको दाबी गरेको छ । 

मोटरसाइकल र तीनपांग्र्रे अटोलगायतका सवारीसाधनका विभिन्न मोडलहरू उत्पादन गर्दै आएको बजाजसँग हरेक उपभोक्ताहरूको आवश्यकताअनुसारका सवारीसाधन रहेको कम्पनीको भनाइ छ । हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले आफ्नो स्थापनाकालदेखि आजसम्म आइपुग्दा धेरै लामो यात्रा तय गरेर आएको बताए । उनले भने, ‘यो अवधिमा कम्पनीमा योगदान पुर्‍याउने कर्मचारीहरू र डिलरहरूको कडा परिश्रम र समर्पण एवं ग्राहकको अपार माया र निरन्तर साथले गर्दा नै यो सम्भव भएको हो ।’

बजाज नेपालको सबैभन्दा विश्वसनीय मोटरसाइकल ब्रान्ड हुनुका साथै नेपालमा सबैभन्दा ठूलो सर्भिस नेटवर्क भएको कम्पनीको दाबी छ । यसको रिसेल भ्यालु, उत्कृष्ट उत्पादनहरू, स्पेयर पार्टसहरूको सहज उपलब्धता र उपभोक्तामैत्री नीतिहरूले गर्दा बजारमा लोकप्रिय रहेको कम्पनीको दाबी छ । 
 

ad
ad