मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १० बुधबार
  • Wednesday, 27 September, 2023
२०७९ चैत २२ बुधबार १०:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाङमा शिक्षकबाटै एसइई दिँदै गरेकी छात्रामाथि करणी 

Read Time : < 1 मिनेट
२०७९ चैत २२ बुधबार १०:४०:००

दाङमा एक शिक्षकले विद्यार्थीमाथि जबर्जस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ। दाङ शान्तिनगर गाउँपालिका– ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले करणी गरेको जाहेरीमा उल्लेख छ। ‘सबै बसेर परीक्षाको तयारी गरिरहेका रहेछन्, त्यही क्रममा शिक्षकले पीडित बालिकालाई काम छ भन्दै बाहिर बोलाउन भनेछन्,’ प्रहरी निरीक्षक केसीले भने, ‘त्यसपछि पीडितले अहिले पढिरहेको भनिरहँदा इमर्जेन्सी काम भएको भन्दै बोलाएर भवनको भर्‍याङमुनि लगेर जबर्जस्ती करणी गरेको पीडितले बयान दिएकी छिन् ।’ 

पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए । उनी सोही विद्यालयका प्रावि शिक्षक हुन् । जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । उनी फरार रहेको प्रहरी निरीक्षक केसीले बताए । 

पीडितले मंगलबार जाहेरी दिएको प्रहरीले जनाएको छ। पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनको मंगलबार स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ । त्यसको रिपोर्ट आज आउने प्रहरी निरीक्षक केसीले बताए । धनौरी स्कुलको परीक्षा केन्द्र श्रीगाउँमा रहेको छ । पीडित बालिकाले परीक्षा भने नियमित दिइरहेकी छिन् । 

यस विषयमा अखिल क्रान्तिकारी दाङले सत्यतथ्य छानबिन गर्न माग गरेको छ । अध्यक्ष गिरबहादुर महराले बुधबार एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको  माग गरेका छन् ।