१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पुनः निर्वाचनको माग राख्दा हतकडी लगाएको भन्दै कांग्रेसद्वारा आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५५:oo

पुनः स्ववियु निर्वाचनको माग राख्दा रामपुर कृषि क्याम्पसमा पटक-पटक नेविसंघ कार्यकर्तामाथि धरपकड गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले दोस्रोपटक विज्ञप्ति जारी गर्दै घटनाको यथार्थ छानबिन गरी पुनः निर्वाचन गराउन माग गरेका हुन्।  

रामपुर कृषि क्याम्पस चितवनमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले विद्यार्थी संगठनसँग समन्वय नगरी पक्षपोषण हुने गरी १७ चैत्रमा एकलौटी तवरले मतदान गराएको नेविसंघको आरोप छ। १७ चैत्रमा विरोधका क्रममा प्रहरीको लाठीचार्जबाट नेविसंघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार आशिष जैसी देवकोटा र निवर्तमान इकाइ अध्यक्ष सुरज यादव गम्भीर घाइते भएका थिए।

उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हतकडी लगाएर नियन्त्रणमा राखेको थियो। मंगलबार क्याम्पस प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाएकाे नेविसंघ क्याम्पस कार्यबाहक सभापति एवं स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्यालमाथि क्याम्पस हाताभित्रै आक्रमण हुँदा गम्भीर घाइते भएका देवकोटाले जानकारी दिए। घाइते तीनैजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।