१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ऋण काढेरै निजी विद्यालयमा छोराछोरी पठाउने स्थितिको अन्त्य गर्नुपर्छ : सभामुख घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३९:oo

सभामुख देवराज घिमिरेले राज्यले गरेको लगानीको प्रतिफल आउने गरी सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न आवश्यक रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले शिक्षालाई राज्यले प्राथमिकता दिए पनि लगानीअनुसारको नतिजा आउन नसकेको स्पष्ट पारे। सार्वजनिक विद्यालयमा सरकारले गरेको लगानीको सदुपयोग हुन नसकेको बताउँदै सभामुख घिमिरेले सरकारले गरेको लगानीको प्रतिफल पाउन किन सकिएको छैन भन्ने कुराको छलफल हुन जरुरी रहेको औँल्याए। 

उनले निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नु र सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आकर्षण घट्नुको कारण पत्ता लगाई यथोचित सम्बोधन हुन जरुरी रहेको बताए। 

देशको समग्र आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक स्थितिमा शिक्षाको स्तरलाई माथि ल्याउन विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन जरुरी रहेको उनले बताए।