१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत २१ मंगलबार १०:३०:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत २१ मंगलबार १०:३०:००

स्याउका धेरै फाइदा छन् । बिहान खाली पेटमा स्याउ खानु अझै स्वस्थकर हुन्छ । स्याउमा फाइबर, प्रोटिन भिटामिन सी, भिटामिन एलगायत पोषक तत्व पाइन्छ । त्यस्तै, यसमा क्यालोरीको मात्रा कम हुने भएकाले फ्याट वा कोलेस्ट्रोलको समस्या हुन्न । 

खाली पेटमा स्याउ खाँदा मुटुलाई फाइदा गर्छ । यसमा रहेको फाइबरले ब्लरप्रेसरलाई नियन्त्रणमा राख्छ । त्यस्तै, भिटामिन सी र पोटासियमले हृदय रोगको खतरा कम गर्छ । बिहानै स्याउ खाँदा वजन नियन्त्रणमा सहयोग पुग्छ । त्यस्तै, रोगप्रतिरोधी क्षमता पनि बढाउँछ । 

आइरनको कमी हुँदा शरीर कमजोर हुन थाल्छ । यसले हाम्रो शरीरमा रगतको कमी भएको संकेत गर्छ । यदि नियमित रूपमा खाली पेटमा स्याउ खानुभयो भने यस्तो समस्याबाट छुटकारा पाइन्छ । स्याउमा आइरनको मात्रा प्रशस्तै हुन्छ, जसले रगत सफा गर्ने तथा शरीरका लागि पर्याप्त मात्रामा आइरन उत्पादन गर्ने काम गर्छ । 

दमका रोगीहरूका लागि स्याउ फाइदाजनक छ । स्याउमा रहेको फ्लेवोनोइड्सले फोक्सोलाई तागत दिने काम गर्छ । बिहान स्याउ खानाले कब्जियत, ग्यास्ट्रिक र पाचनसम्बन्धी समस्या कम भएर जान्छ । ब्लडसुगर नियन्त्रण गर्न, हड्डी मजबुत बनाउन, दाँत स्वस्थ राख्न पनि स्याउले भूमिका खेल्छ । यसले थकान कम गर्छ । छालालाई मुलायम राख्छ ।