
लुम्बिनी विकास बैंक लिमिटेडले कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ स्थित वाणी शाखाबाट एटिएम सेवा सुरु गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा सोमबारदेखि एटिएम सेवा सुरु गरेको हो ।
वाणी बजार व्यवस्थापन समितिका अध्यक्ष डम्बरदेव जोशीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले गरेका थिए ।
उक्त समारोहमा बैंकका मुख्य प्रबन्धक दीपक खनाल, सामान्य प्रशासन विभाग प्रमुख दीपबहादुर रावल, वाणी शाखाका शाखा प्रबन्धक मनोज शाहीलगायतको उपस्थिति थियो ।
आज थप एक नयाँ एटिएम उद्घाटन भएसँगै बैंकले विभिन्न स्थानमा गरी जम्मा १९ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले हाल ८९ वटा शाखा र एक एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।