
टावर मर्मतसम्भार गर्नुपर्ने भएपछि मनकामना केबुलकारको सेवा चैत्र २२ गते बुधबार बन्द हुने भएको छ।
टावरको मर्मतसम्भार सकिएलगत्तै २३ गते बिहीबारबाट सेवा नियमित सुचारु हुने कम्पनीले जनाएको छ। यसबाट यात्रुमा पर्न जाने असुविधाको लागि कम्पनीले क्षमायाचना गरेको छ।
यद्यपि, उक्त अवधिभरि केबुलकार बटम स्टेसनमा रहेको रेस्टुरेन्ट सेवा भने यथावत् रहने बताइएको छ। कम्पनीले मनकामना केबुलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नति गरेको छ।