पूर्वन्यायाधीश केसी र गीतकार खरेल पुरस्कृत

शनिबार, १८ चैत, २०७९
डिजिटल संस्करण

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी र वरिष्ठ गीतकार किरण खरेल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पुरस्कृत भएका छन्।

मैनाली समाज नेपालले स्थापना गरिएको ‘खिलमिका लक्ष्मी मैनाली पुरस्कार’ उनीहरूलाई शनिबार प्रदान गरिएको हो। कानुन तथा न्याय विधाको पुरस्कार केसीलाई तथा सामाजिक क्षेत्रको पुरस्कार खरेललाई प्रदान गरिएको समाजले जनाएको छ।

त्यस्तै, नेपाल सरकारका सचिव हरिप्रसाद मैनाली र वरिष्ठ पत्रकार डा. रघु मैनाली पनि कार्यक्रममा सम्मानित भएका छन्। कामु प्रधानन्यायाधीशले उनीहरूलाई पुरस्कृत गरेका हुन्।

कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले मैनाली वंशावलीको दोस्रो संस्करणको विमोचन तथा गत वर्षको एसइईमा उत्कृष्ट नम्बर ल्याउने ९ जनालाई काशी मैनाली शिक्षा पुरस्कार प्रदान गरे।

सुझावित समाचार