कांग्रेसलाई मन्त्री छान्न सकस, देउवाले चारजनाको नाम प्रधानमन्त्रीलाई बुझाए

शुक्रबार, १७ चैत, २०७९
डिजिटल संस्करण

आज अपराह्नसम्म सरकार विस्तार गरी शपथग्रहण गराउने भनिए पनि सत्तारूढ दलहरूलाई मन्त्रीको नाम टुंग्याउन सकस परेको छ । आठ मन्त्रालय पाएको नेपाली कांग्रेसले अहिलेसम्म चारजनाको नाम मात्र प्रधानमन्त्रीलाई बुझाएको छ ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङको नाम मात्रै सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई बुझाएका छन् । अरू नाममा सहमतिको प्रयास भइरहेको बताइएको छ । कांग्रेसमा मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मा सभापति देउवालाई छ ।

सुझावित समाचार