१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

खप्तड गोल्डकप उपाधिका लागि थ्री स्टार र मनाङ भिड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५o:oo

मोफसलको सर्वाधिक पुरस्कार राशिको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। 

धनगढी रंगशालामा बिहीबार भएको खेलमा घरेलु टोली सुदूरपश्चिम ११ स्पोर्टस् क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले हराउँदै थ्री स्टारले फाइनलमा मनाङसँगको भेट पक्का गरेको हो। 

बिहीबार थ्री स्टार र सुदूरपश्चिम–११ ले बीचको खेल निर्धारित अवधिमा बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटबाट निर्णय गरिएको थियो। 

खेलको ३०औँ मिनेटमा पहेँलो कार्ड पाएका थ्री स्टारका दीपेश गुरुङ ४४औँ मिनेटमा रातो कार्ड पाएर मैदान छाडेपछि थ्री स्टार १० खेलाडीमा सीमित रहेको थियो। तर, सुदूरपश्चिम ११ ले त्यसको फाइदा उठाउन  सकेन। 

बिक्रम लामाले ८३औँ मिनेटमा हेडरगोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए। तर, खेल सकिनै लाग्दा सुदूरपश्चिम ११ का माधव भण्डारीले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि पेनाल्टी सुटआउटमा विष्णु चौधरी र विमल ओलीको प्रहार थ्री स्टारका गोलकिपर मोहम्मद टाहाले रोकेपछि सुदूरपश्चिम ११ उपाधि होडबाट बाहिरियो।

थ्री स्टारका बिक्रम लामा, आदित्य शाक्य, अशोक खवास र माथिन्जाले गोल गरे। सुदूरपश्चिमका फागुराम थारू र माइकल शाहीको प्रहारले जाली चुमेको थियो। थ्री स्टारका कप्तान बिक्रम लामा ‘म्यान अफ द म्याच’ भए। उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० गोलअन्तरले हराउँदै मनाङ मर्स्याङ्दी क्लब यसअघि नै फाइनल प्रवेश गरिसकेका छन्। मनाङ र थ्री स्टारबीच शनिबार उपाधि भिडन्त हुनेछ।

प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। सुदूरपश्चिम ११ स्पोर्टस् क्लबले आयोजना गरेको खप्तड गोल्डकप प्रतियोगिताको मुख्य प्रवर्धकको रूपमा सुदूरपश्चिम प्रदेश सरकार रहेको छ।