मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७९ चैत १४ मंगलबार २३:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पौडेललाई रावलको जवाफ : मेरै गाउँ आउँदा मलाई किन खबर गर्नुभएन ?

Read Time : < 1 मिनेट
२०७९ चैत १४ मंगलबार २३:०२:००

अछाम पुगेर एमाले उपाध्यक्ष विष्णु पौडेलले आफूविरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले नेता भीम रावलले आपत्ति जनाएका छन् । धनगढीमा मंगलबार पत्रकार सम्मेलन गरेर रावलले आपत्ति जनाए ।

‘हिजो अछाममा पत्रकार सम्मेलन गरेर विष्णु पौडेलले भीम रावलले गम्भीर गल्ती गरेको भन्नुभएछ । म सार्वजनिक रूपमा सोध्न चाहन्छु, मैले के गल्ती गरे ? के मैले पार्टीलाई सैतान भन्नेलाई उम्मेदवार बनाएको छु ? के मैले पार्टीको कार्यकर्तालाई हलोमा भोट हाल भनेको छु ? के मैले घाइते व्यक्तिलाई एम्बुलेन्सबाट झिकेर हत्याजस्तो जघन्य अपराध गर्ने व्यक्ति जो अहिले पनि फरार छ, उसलाई प्रतिनिधिसभा उम्मेद्वार बनाएको छु ?’ रावलले भने ।

उनले अध्यक्षमा पराजित भएपछि आफूलाई नसोधी जिम्मेवारी दिएकोले स्वीकार नगरेको जिकिर गरे । मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत सोमबार अछाम पुगेका पौडेलले आफूलाई सम्पर्क नगरेको भन्दै रावलले असन्तुष्टि पनि जनाए । 

‘पार्टी उपाध्यक्ष पौडेल मेरो गाउँमा, मेरो नगरमा जाँदा पनि म आउँदैछु भनेर खबर गर्नु भएन,’ उनले प्रश्न गरे, ‘पार्टीको अहिलेको निर्देशिकामा अन्तर्विरोध समाधान गर्दै पार्टी एकतावद्व बनाउने भन्ने लेखिएको छ । तर कार्यक्रम पार्टीलाई बलियो बनाउन हो कि विधि, पदतिको पक्षमा आवज उठाउनेलाई किनारा लगाउन आयोजना गरिएको हो ?’