१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Friday, 09 May, 2025
२o७९ चैत १४ मंगलबार १८:२४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालविरुद्ध भुटानलाई १–० को अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार १८:२४:oo

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत अहिले जारी खेलमा भुटानले नेपालविरुद्ध अग्रता कायम गरेको छ। दशरथ रंगशालामा जारी खेलमा तेन्जिङ नोर्गुले भुटानलाई १–० गोलको अग्रता दिलाएका हुन्।

फाइनलमा स्थान पक्का गर्न नेपालले भुटानलाई बराबरीमा रोक्दा नै काफी हुनेछ। भुटानले भने अन्तिम दुई स्थान सुरक्षित गर्न नेपाललाई हराउनै पर्नेछ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो। लाओसले आफ्नो अर्को खेलमा भुटानलाई अन्तिम समयमा २–१ ले निराश बनाएको थियो।

शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। नेपालले एक खेलबाट तीन र लाओसले दुई खेलबाट तीन अंक बटुलेको छ।