मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १८ बिहीबार
  • Thursday, 01 June, 2023
२०७९ चैत १० शुक्रबार १७:४६:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

डोल्पामा ‘बैरागी’को प्रिमियर शाे

Read Time : < 1 मिनेट
२०७९ चैत १० शुक्रबार १७:४६:००

एचबिआर कला केन्द्रको ब्यानरमा निर्माण गरिएको ‘बैरागी’ म्युजिक भिडियोकाे डोल्पामा प्रिमियर शो गरिएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायको प्रमुख आतिथ्यमा त्रिपुराकोटमा भिडियोको प्रिमियर शो देखाइएको हो । जिल्लाको त्रिपुरासुन्दरीअन्तर्गत पर्ने चुँ गाउँमा छायांकन गरिएको भिडियोले प्रिमियरमै जनप्रतिनिधि तथा स्थानीयवासीको प्रशंसा बटुलेको छ ।

महिला हिंसाको विषयलाई लिएर निर्माण गरिएको भिडियोमा सुरविना कार्की, वसन्त सार्की, एन्जिला पन्थीलगायतको अभिनय छ । भिडियो हेरेपछि नगरप्रमुख रोकायाले निर्माण टिमलाई बधाई दिँदै नगरपालिकाबाट हुन सक्ने आर्थिक सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे ।

हरि पन्थीले निर्माण गरेको भिडियोको निर्देशन लक्ष्मण सुनारले गरेका हुन् । म्युजिक भिडियो केही दिनभित्र युट्युबमा सार्वजनिक हुने निर्माण टिमले जनाएको छ।