१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format o८:३२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लघुवित्तका शाखा प्रबन्धकले गरे आठ करोड हिनामिना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३२:oo

लघुवित्त संस्थामा कार्यरत शाखा प्रबन्धकले नै करोडौँ रुपैयाँ हिनामिना गरेको उजुरी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा दर्ता भएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठ करोड २२ लाख ६५ हजार पाँच सय ९७ रुपैयाँ हिनामिना गरेको आरोपमा मोरङ उर्लाबारी घर भएका विवश पाण्डेलाई बुधबार काठमाडौं महाराजगन्जमा लुकीछिपी बसिरहेको स्थानबाट पक्राउ गरी ल्याएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

पाण्डेले तादी गाउँपालिका– ३ खरानीटारमा रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा शाखा प्रबन्धकको जिम्मेवारीमा रहेर काम गर्दा उक्त रकम हिनामिना गरेको जाहेरी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाहेरी गत शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको हो । 

शाखा प्रबन्धकका रूपमा काम गर्दा किर्ते कागजात खडा गरी विभिन्न मितिमा रकम अपचलन गरेको प्रहरीले जनाएको छ । लघुवित्तका तत्कालीन शाखा प्रबन्धक पाण्डेले संस्थामा आबद्ध सदस्यको विभिन्न मितिमा किर्ते कागजात खडा गरी संस्थाको नियमविपरीत अनधिकृत रूपमा रकम निकाल्ने, आफूमातहतका कर्मचारीलाई सबै जिम्मेवार म हुन्छु भनी प्रभावमा पारी झुक्याई उल्लेखित रकम अपलचन गरी बैंकिङ कसुर अपराध गरेको भन्ने जाहेरी संस्थाको तर्फबाट आएको डिएसपी खड्काले बताए ।