मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत ९ बिहीबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ९ बिहीबार २o:४८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व.राणाको परिवारलाई सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ९ बिहीबार २o:४८:oo

चलचित्रकर्मी कल्याणकारी कोषले स्व. अभिनेता बिएस राणाको परिवारलाई आर्थिक सहयोग गरेको छ। कोषले स्व. अभिनेता राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ एक लाख सहयोग गरेको हो। 

चलचित्र विकास बोर्डअन्तर्गत रहेको कोषको सहयोग हस्तान्तरण गर्न बुधबार ललितपुरस्थित स्नेही काख नामक संस्थामै बोर्डका अध्यक्ष भुवन केसी र कोषका संयोजक बसुन्धरा भुसाल पुगेका थिए।  

२०४१ मा बनेको चलचित्र ‘अन्याय’बाट अभिनयमा प्रवेश गरेका अभिनेता राणाले वसन्ती, बलिदान, दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँसु, नेपाली बाबु, करोडपति, दर्पण छाँया–२, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आइएम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, दागलगायतका सय बढी चलचित्रमा अभिनय गरेका थिए। अभिनेता राणाको २०७५ माघ १८ गते ७८ वर्षको उमेरमा निधन भएको थियो।