१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकले निसान गाडी किन्न कर्जा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२९:oo

नबिल बैंकले नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिले बिक्री गर्दै आएको गाडीमा कर्जा दिने भएको छ । निसान गाडीमा लगानी गर्नेसम्बन्धी दुई संस्थाबीच भएको सम्झौतामा बैंकका कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटो कर्पका सहमहाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार निसानका गाडी खरिद गर्न चाहने ग्राहकले नबिल बैंकबाट सहजै कर्जा लिन सक्ने जनाइएको छ । निसानले उत्पादन गरेका गाडी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।  

यो सम्झौताले निसान गाडी खरिद गर्न चाहने ग्राहकलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको उल्लेख छ । यो कर्जा योजना नबिल बैंकका सबै अर्थात् देशभर रहेका दुई सय ४८ वटै शाखाबाट उपलब्ध हुने जनाइएको छ । योजनाअनुसार विद्युतीय गाडीका लागि बेस रेटमा तीन दशमलव ५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । कर्जा अवधि सात वर्षको हुने र २० प्रतिशत डाउन पेमेन्टमै गाडी लिन सकिने कम्पनीले जनाएको छ । अहिले नबिल बैंकका देशभर रहेका दुई सय ४८ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्नेछन् ।