१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका राजविराज
Invalid date format o८:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस, माओवादीसहितको सत्तागठबन्धनलाई कसैले हल्लाउन सक्दैन : निधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
Invalid date format o८:५९:oo

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस, माओवादीसहितको सत्तागठबन्धनलाई कसैले हल्लाउन नसक्ने बताएका छन्। सप्तरीको कञ्चनरूप नगरपालिकामा मंगलबारदेखि सुरु भएको मेयर कप प्रतियोगिताको उद्घाटन गर्दै नेता निधिले सरकार मात्र नभई अहिलेको संसद् पनि पाँच वर्षसम्म कार्यान्वयनमा रहने उल्लेख गरे। उनले कुनै पनि बहानामा संसद् विघटन गर्न नहुने जिकिर गरे। 

उनले केन्द्रमा दुई–तीन दिनभित्रै सरकारले पूर्णता पाउने बताए। गठबन्धनबाट पाँच वर्षभित्र तीनजना प्रधानमन्त्री हुने सहमति भएको भन्दै निधिले त्यही जनादेशअनुसार आफूहरू अघि बढ्ने उल्लेख गरे।  

संघीय सरकारले पूर्णता पाएलगत्तै सातवटै प्रदेशमा गठबन्धनको सरकार गठन हुने निधिले बताए। प्रदेश सरकारमध्ये केहीमा कांग्रेसले नेतृत्व गर्ने र केहीमा सरकारमा सहभागी हुने भन्दै उनले अहिले नेतृत्व नपाएको प्रदेशमा पाँच वर्षभित्र कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन हुने पनि जानकारी गराए।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सत्तागठबन्धनबीच सहमति गरी उम्मेदवारी दिइने नेता निधिले उल्लेख गरे। कतै कांग्रेस त कतै गठबन्धनको उम्मेदवार हुने पनि उनको भनाइ थियो।