Skip This
मल्टिपर्पसको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Saturday, 27 July, 2024
२o७९ चैत ६ सोमबार १२:१o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मल्टिपर्पसको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार १२:१o:oo

मल्टिपर्पस फाइनान्स लिमिटेडले साबिकका सेयरधनीहरूका लागि निष्कासन गर्न लागेको ३५ प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । नियुक्तिसम्बन्धी सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रजनीशकुमार सिंह र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन् । 

मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त मर्चेन्ट बैंकर संस्था रहेको जनाइएको छ । मल्टिपर्पस फाइनान्सको अधिकृत पुँजी ८० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पुँजी ४५ करोड २० लाख रूपैयाँ, कुल सम्पत्ति एक अर्ब ८० करोड ८० लाख ८० हजार रुपैयाँ रहेको जनाइएको छ ।

त्यसैगरी, कुलनिक्षेप एक अर्ब २९ करोड ६५ लाख रुपैयाँ तथा कर्जा लगानी ९८ करोड ८२ लाख रुपैयाँ रहेको उल्लेख छ । हाल कायम चुक्ता पुँजीको ३५ प्रतिशत हकप्रद निष्कासनपश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ६१ करोड दुई लाख रुपैयाँ पुग्ने जनाइएको छ । संस्थाले हाल ६ शाखा कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।